Logo

बजेटको आकार १३ खर्ब १५ अर्ब, कर्मचारीको तलब बढेन



जेठ १५, काठमाण्डौ । आर्थिक वर्ष २०७५–७६ को बजेटका केही महत्वपूर्ण अंश यसप्रकार छ । बजेटको आकार १३ खर्ब १५ अर्ब, घर घरमा मानव अधिकार कार्यक्रम सञ्चालन गरिने, सार्वजनिक संस्थान सञ्चालन र व्यवस्थान ऐन ल्याइने, सरकारी सेवालाई आगामी वर्षमा विद्युतीय प्रणालीमा लगिने, भ्रष्टाचार गर्ने र गराउने दुबैलाई कानुनी दायरामा ल्याइने,

कर्मचारीको तलब भने बढेन, कर्मचारी र शिक्षकको पोशाक भत्ता बढेर १० हजार र्पुयाइयो, कर्मचारीको महंगी भत्ता २ हजार बढ्यो, कैदीको छोराछोरीले दूधवापत पाउने १० रुपैयाँ बढाएर ३५ र्पुयाइयो, कैदीको सिदा खर्च ४५ बाट ६०, ५ वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचय पत्र वितरण गरिने, नेपाली सेनाको बंकरदेखि ब्यारेक कार्यक्रमलाई निरन्तरता,

विदेशीबाट फर्केनेले १ सय ग्रामसम्म काँचो सुन ल्याउँदा कर तिर्न नपर्ने, गाडी र मोटरसाइकलमा कर बढ्यो, मदिरा सुर्ती चुरोटमा अन्तशुल्क वृद्धि, शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा शुल्क खारेज वैदेशिक ऋण २ खर्ब २ अर्ब, राजस्वबाट ८ खर्ब उठाइने, पश्चीम सेती स्वदेशी लगानीमा बनाउने सरकारले घोषणा गरेको छ ।



प्रतिक्रिया दिनुहोस्