Logo

आजबाट बजेटमाथि संसदमा छलफल सुरु



काठमाडौं, १७ जेठ। सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमाथि संघीय संसद्मा आजबाट छलफल सुरु हुने भएको छ ।अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७५/७६ को बजेटमाथि छलफल गर्न बैठक बस्न लागेको हो ।

सरकारले ल्याएको बजेटबारे संसद्मा छलफल गरेर पारित गर्ने संवैधानिक प्रचलन छ । यही परम्पराअनुसार आजबाट संसद्मा बजेटमाथि छलफल सुरु गर्न लागिएको संसद् सचिवालयले जनाएको छ । अर्थमन्त्री डा. खतिवडाले मंगलबार १३ खर्ब १५ अर्बको बजेट संघीय संसद्मा प्रस्तुत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्