Logo

‘एक वर्ष वित्यो, मास्कमात्र बिक्यो मेयर ज्यू’ भन्दै काठमाडौंमा प्रर्दशन (फोटोफिचर)



काठमाडौं, १७ जेठ । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यविरुद्ध आज राजधानीमा प्रर्दशन भएको छ । मेयर शाक्यले एक वर्षमा गरेका प्रतिवद्धता अनुसार धेरै काम गर्न नसकेको भन्दै उनीविरुद्ध आज प्रर्दशन भएको हो ।

शाक्यको विरोधमा विवकेशील साझा पार्टीले काठमाडौं महानगरपालिका कार्यालयबाहिर प्रदर्शन गरेको हो । प्रर्दशनमा तत्कालीन विवकेशील नेपाली पार्टीको तर्फबाट चुनावमा मेयर शाक्यकी प्रतिस्पर्धी रञ्जु दर्शना पनि सहभागी थिइन् ।

विवेकशील साझा पार्टीले ‘एक वर्ष वित्यो, मास्क मात्र बिक्यो मेयर ज्यू’, एक सय एक काम होइन एक सय एक भ्रम रहेछ जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्