Logo

तस्विरमा हेर्नुहोस उपेन्द्र यादवको सपथग्रहण (फोटोफिचर)



काठमाडौं, १८ जेठ । केपी शर्मा ओली नेतृत्वको सरकारमा दुई जना उपप्रधानमन्त्री हुने भएका छन्। शुक्रबार मन्त्री नियुक्त संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव र नेता मोहम्मद इस्तियाक राईको सपथ अघि ओली सरकारमा दुई उपप्रधानमन्त्री राख्ने निर्णय भएको हो।

रक्षा मन्त्री ईश्वर पोखरेल र स्वास्थ्य मन्त्री यादव उपप्रधान मन्त्री हुनेछन्। वरीयतामा यादव तेस्रोमा रहने सहमति भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए।

यादव यसअघि २०६५ सालमा परराष्ट्र तथा उपप्रधानमन्त्री भएका थिए। नवनियुक्त मन्त्रीहरू यादव र इस्तियाकले आजै सपथ लिएका छन्।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्