Logo

जाली फटाहालाई झुक्याएर पार्टी एकता गरेको प्रचण्डको दाबी



जेठ १९, पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले जाली फटाहालाई झुक्याएर पार्टी एकता गरिएको बताएका छन् ।

देशभित्रका जाली फटाहा र विदेशी प्रतिक्रियावादीलाई झुक्याएर पार्टी एकता गरिएको उनको दाबी थियो ।
पार्टी एकता भाँड्ने चलखेल भएकाले एकता नै हुँदैन जस्तो वातावरण सृजना गरेर ड्याम्मै एकता गरिएको दाहालले बताए ।

आफ्नो जन्मस्थल कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजित कार्यक्रममा दाहालले अध्यक्ष केपी शर्मा ओली र आफूले सल्लाह गरेरै पार्टी एकतामा बेला बेला दरार देखाएको जिकिर गरे । सरकारको नीति तथा कार्यक्रम ल्याउनुअघि एउटै पार्टी बनाउने सल्लाह अनुसार जेठ ३ गते आफ्नै प्रस्तावमा एकीकरण भएको उनले बताए ।

जेठ २ गते विहान कमरेड केपी ओलीसँग बालुवाटारमा भेट भइसकेपछि अब ढिलो गर्न हुँदैन भन्ने निष्कर्षमा पुगेको उनको भनाई थियो । ओली कमरेडले ७ गते अघिनै गरौं भन्नुभयो । मैले भोलि मदन आश्रति स्मृति दिवसकैदिन गरौं भन्ने प्रस्ताव राखेँ त्यही दिन भयो । दाहालले भने ।

प्रचण्डले पार्टी एकता सामान्य घटना भएको भन्दै यसले विश्वलाई नयाँ सन्देश दिएको बताए । उनले नेकपाका कार्यकर्तालाई गुटबन्दी गर्ने छुट नरहेको समेत प्रष्ट पारे ।

प्रचण्डले उपेन्द्र यादव समेत सरकारमा सहभागी भएपछि अब सरकारसँग दुई तिहाई बहुमत रहेको र संविधान संशोधनका लागि प्राबिधिक तथा संवैधानिक हैसियत प्राप्त भएको बताए ।



प्रतिक्रिया दिनुहोस्