Logo

सुन तस्कर प्रकरणका अभियुक्त छिरिङ वाङ्गेल गुरुङद्धारा आत्मसमर्पण



जेठ २०, काठमाण्डौ । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणका एक अभियुक्त छिरिङ वाङ्गेल गुरुङले आत्मसमर्पण गरेका छन् ।

गुरुङले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुखका अनुसार उनको अदालतमा बयान सुरु भएको छ ।

यसअघि तस्करीको साँढे ३३ केजी सुन र सनम शाक्य हत्या अभियोग लागेका नेपाल प्रहरीका एसएसपी श्यामबहादुर खत्रीले पनि आत्मसमर्पण गरेका थिए ।

मुख्य अभियुक्त भनिएका चुडामणि उप्रेति गोरे भने जेठ आठ गते पक्राउ परेका थिए ।



प्रतिक्रिया दिनुहोस्