Logo

वातावरण दिवसमा ऋषि धमला सडकमा, सरसफाई अभियानमा सहभागि हुन सबैलाई आव्हान



जेठ २२, काठमाण्डौ । आज विश्वभर विश्व वातावरण दिवस मनाइएको छ । दिवसका आवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो ।

मंगलबार विहानै राजधानीका विभिन्न स्थानमा सरसफाई कार्यक्रम गरेर दिवस मनाइएको छ ।

भृकुटीमण्डप संचालन कार्यालयको आयोजनामा प्रदर्शनीस्थल भृकुटीमण्डपमा पनि सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको नेतृत्वमा भृकुटीमण्डप परिसरका सरसफाई कार्यक्रम गरिएको छ ।

सरसफाई कार्यक्रममा सहभागि हुँदै धमलाले धुलो, धुवाँ र प्रदुषणरिहत वातावरण बनाउनका लागि सबै एकजुट हुनुपर्ने बताए ।

“देशभर नै सरसफाई अभियानलाई सार्थक बनाउनुपर्छ । स्वस्थ वातावरणले नै देशको मुहार फेरिन्छ ।” धमलाले भने ।

धमलाले एक दिन मात्र सरसफाई गरेर नहुनेभ भन्दै सबै नागरिकले आफ्नो घर, टोल, समाज वरपर हरेक दिन सरसफाई गर्नुपर्नेमा जोड दिए ।

सरसफाई अभियानमा धमलालाई सुरक्षाकर्मी, नागरिक समाज, सर्वसाधारणले पनि सहयोग गरेका थिए ।

सरकारले पनि विश्व वातावरण दिवसलाई औपचारिक कार्यक्रममा मात्र सीमित नराखी महाअभियानका रुपमा वर्षभरि नै मनाउने भएको छ ।

विशेषगरी काठमाडाँै उपत्यकालगायत शहरी क्षेत्रमा बढ्दै गएको प्रदूषण नियन्त्रण, फोहरमैला व्यवस्थापन एवं सरसफाइ तथा वृक्षरोपणजस्ता क्षेत्रमा वन तथा वातावण मन्त्रालयले उच्च प्राथमिकता दिई वातावरण दिवसलाई महाअभियानका रुपमा मनाउन लागेको हो । यसका लागि सरकारले आफ्नो नीति तथा कार्यक्रम एवं बजेटमा समेत सम्बोधन गरेको छ । विश्व वातावरण दिवस जेठ २२ गते (जुन ५ तारिख) पर्दछ ।



प्रतिक्रिया दिनुहोस्