Logo

संविधानविपरित विनियमावली पारित गर्न खोजेको कांग्रेसको आरोप



जेठ २२, काठमाण्डौ । प्रतिनिधिसभाको नियमावली पारित गर्ने प्रक्रिया रोकिएको छ । दलहरुबीचमा सहमति नहुँदा नियमावली प्रभावित भएको हो ।

प्रमुख प्रतिपक्षी कांग्रेससहित संघीय समाजवादी फोरम र राजपा एकातिर सत्तापक्ष नेकपा अर्कोतिर देखिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक देव गुरुङले प्रतिनिधिसभाको नियमावली पारित हुन नसक्दा अन्तरिम नियमावलीका आधारमा संसद चलाउनुपरेको बताएका छन् ।

दलहरुबीच नियमावलीको मुख्य मर्ममा विवाद नभए पनि शब्दमा विवाद भएको गुरुङले बताए । विवादलाई सहमतिमा रुपान्तरण गर्नका लागि प्रयास भइरहेको गुरुङको दाबी छ ।

शीर्ष नेताहरुबीचमै सहमति होस् भनेर आपूहरु पर्खाइमा रहेको बताउँदै गुरुङले सहमति नभए बहुमतका आधारमा पारित गर्नुपर्ने बताए ।

यता नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले संविधानको धारा १०४ अनुसार संसद बैठक संचालनका लागि बनाइने नियमावलीमा सहमति खोजिनुपर्ने बताईन् ।

तत्कालिन अवस्थामा एमाले र माओवादीले सहमति गरिसकेको भए पनि अहिले पार्टी एकतापछि पहिलाको सहमतिबाट पछि हटेको भुसालको अरोप छ ।

कांग्रेस फौजदारी अभियोग लागेका सासंदलाई निलम्बन गर्नुहुँदैन भन्ने पक्षमा लागेको भन्ने आरोपको खण्डन थर्दै भुसालले संविधानअनुसार नै नियमावली बनाउनुपर्ने पक्षमा आफूहरु रहेको दाबी गरिन् ।

“फौजदारी अभियोग लागेका व्यक्तिलाई कस्तो कारबाही गर्ने भन्ने कुार संविधानमा लेखिएको छ । त्यही अनुसारनियमावली बनाउँ भनेको हो । तर गलत प्रचार गरिएको छ ।” भुसालले भनिन् ।



प्रतिक्रिया दिनुहोस्