काठमाडौं, २३ जेठ । लगानीकर्ताको चर्को विरोधपछि सरकारले हकप्रद र बोनस शेयरको आधार मूल्यमा पूँजीगत लाभकर लगाउने निर्णय फिर्ता लिएको छ।
लगानीकर्तासँग बुधबार दिउँसो भएको वार्तामा सरकारले चालु आर्थिक बर्षभरी पुरानै ब्यवस्था अनुशार पूँजीगत लाभकर गणना गर्ने निर्णय भएको छ।
सह–सचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा गठित सुझाव समितिको प्रतिवेदन प्राप्त भएपछि त्यसै अनुसार अगाडि बढ्ने गरी हाललाई पुरानै ब्यवस्था कायम गरिएको छ ।
विभागले आइतबारदेखि कार्यान्वयन हुने गरि लाभकर असुल उपर गर्न धितोपत्र बोर्ड, सिडिएससी र नेपाल स्टक एक्सचेन्जलाई निर्देशन दिएको थियो।