Logo

प्रदेश ४ को नाम गण्डकी प्रदेश नराखिए आन्दोलनको आँधी बेहेरी ल्याउने चेतावनी



जेठ २७, पोखरा । खस आर्य समुदायले प्रदेश ४ को नाम ‘गण्डकी’ नै राख्न माग गरेको छ ।

खस आर्य समूहले आज प्रदेश नम्बर चारका सभामुखलाई ज्ञापनपत्र बुझाएर बहुमत समुदायले स्विकार गरेको नाम गण्डकी नै प्रदेशको नाम राख्नुपर्ने माग गर्ने कार्यक्रम छ ।

प्रदेश ४ ले सर्वसम्मत रुपमा सिफारिस गरेको ‘गण्डकी’ नाम हटाएर केही जातीय समुदायले मगरात तमुवान नाम राख्नुपर्ने भन्दै केही दिन अघि ज्ञापनपत्र बुझाएको थियो । तर खस आर्य समुदायले भने यसअघि प्रदेश ४ का बहुसंख्यक सांसदहरु र प्रदेशवासीहरुले दिएको सुझावको आधारमा गण्डकी प्रदेश नै नामाकरण गर्नुपर्ने माग गरेको हो ।

विन्दुकुमार थापाको संयोजकत्वमा बनेको सुझाव समितिले प्रदेशको नाम ‘गण्डकी’ राख्न पहिलो नम्बरमै सिफारिस गरेको थियो ।

समितिले सिफारिस गरेको दोश्रो नाममा तमुवान–मगरात, तेश्रोमा गोरखा र चौथोमा धवलागिरि छ । तर, अन्य प्रस्तावित नाम भन्दा ‘गण्डकी’ प्रदेशको नाममा मतान्तर धेरै भएकाले ‘गण्डकी’ प्रदेश नै नाम रहने लगभग पक्काजस्तै देखिन्छ ।

तर जातीय द्धन्द्ध फैल्याउन चाहने विदेशी शक्तिको इसारामा तमुवान मगरात नाम राख्नका लागि उक्साइएको र केही समुदाय विदेशी शक्तिको पछि लागेको खस आर्य समुदायको आरोप छ ।

खस आर्य समूहले प्रदेशको नाम ‘गण्डकी’ राख्न सिफारिस भएपनि अझैपनि बेइमानी र छलकपट हुनसक्ने भन्दै खबरदारी गर्नका लागि आज वृहत ¥यालीसहित प्रदेशका सभामुखलाई ज्ञापनपत्र बुझाउन लागिएको संयुक्त संघर्ष समितिका सल्लाहाकार डा.दिल बहादुर क्षेत्रीले जानकारी दिए ।

क्षेत्री समाज नेपालका संस्थापक अध्यक्षसमेत रहेका डा.दिलबहादुर क्षेत्रीले कुनै अमुक पार्टीले जातीय पहिचान झल्कने नाममा लविङ गर्न सांसदहरुलाई निर्देशन दिएकाले आफूहरु झस्किएको बताए ।

उनले दलको हृविप र आदेशका भरमा प्रदेशको नाम ‘गण्डकी’ नराखेर जातीय पहिचान झल्कने नाम राखिए त्यसको प्रतिवाद गर्ने चेतावनी दिए ।

जातीय पहिचान झल्कने प्रदेशको नाम राख्ने पक्षमा मतदान गर्ने सांसदलाई आगामी चुनावमा खस आर्य समुदायले भोट नदिने चेतावनी दिदै उनले भने, “खबरदारीका लागि आज शान्तिपूर्ण जर्नयाली निकाल्न लागिएको हो । हाम्रो नाममा केही मागेका छैनौँ, सबैको साझा माग हो, जातीय नामको पछि लाग्नु हुँदैन ।”

उनले पहिचानको नाममा राजनीति नगर्न आग्रह गर्दै प्रदेशको नाम ‘गण्डकी’ नराखेसम्म सबैलाई चनाखो भएर बस्न आग्रह गरे ।

जातीय गन्ध आउने काम गरिए आन्दोलनको आँधी बेहेरी ल्याउने चेतावनी क्षेत्रीले दिएका छन् ।

खस आर्य समुहमा क्षेत्री समाज नेपाल, ब्राहृमण समाज नेपाल, ठकुरी संगम परिवार, नेपाल दशनामी समाज, रानाभाट समाज, विश्वकर्मा समाज, परियार समाज, कुँवर कुलायन संरक्षण समितिलगायत छन् ।

११ वटा जाती समुदायको संयुक्त ¥यालीले गण्डकी प्रदेश नै नामाकरण गर्नुपर्ने मागसहित आज ज्ञापनपत्र बुझाउँदैछ ।



प्रतिक्रिया दिनुहोस्