जेठ २७, काठमाडौँ । पछिल्लो समय हरेक १५ दिनमा पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरिएको भन्दै नेपाल विद्यार्थी संघ आन्दोलित भएको छ ।
पेट्रोलियम पदार्थको मुल्य वृद्धिको विरोधमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले काठमाडौँको विभिन्न स्थानमा राँके जुलुस निकालेको हो ।
राँके जुलुस गर्न नदिन बाक्लो संख्यामा प्रहरी परिचालन गरिए पनि प्रहरीको आँखा छल्दै नेविसंघले राँके जुलुस निकालेको हो । राके जुलुस निकाल्ने क्रममा प्रहरीको हस्तक्षेपबाट नेविसंघका टिका भण्डारी र सञ्जिव ढकाल घाइते भएका नेबि सघका केन्द्रिय सदस्य सुशील भट्टले जानकारी दिए ।
केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछि चौथो पटक पेट्रोलियम पदार्थको मूल्य बढेको छ । पछिल्लोपटक नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य ३ ३ रुपैयाँ वृद्धि गरेकोे थियो ।
हाल पेट्रोलको मूल्य ११३ रुपैयाँ छ। यसैगरी डिजेल र मट्टितेलको ९५ रुपैयाँ पुगेको छ ।
पेट्रोलियम पदार्थको मुल्य वृद्धि नहटाएसम्म चरणबद्ध रुपमा आन्दोलन गर्दै जाने नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले बताए । उपत्यकाको जमल, बागबजार, मैतिदेबी बाट राकेजुलुस निस्केको थियो ।