Logo

समृद्धिको लागि सबै वादभन्दा माथि उठ्ने प्रयास गर्नुपर्छ : भट्टराई



काठमाडौं, २७ जेठ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकको समृद्धिको लागि अब सबै वादभन्दा माथि उठ्ने प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।

आईतबार रातोपाटी डटकमको ५ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै भट्टराईले यस्तो बताएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका संयोजक रहेका भट्टराईले सरकारले भू–राजनीतिक सन्तुलनमा ध्यान दिनुपर्नेमा जोड दिँदै शान्ति सुरक्षा र सुशासनमा पनि केन्द्रीत हुन आग्रह गरेका छन् ।

उनले भने,‘सरकारले भू–राजनीतिक सन्तुलनमा ध्यान दिईयोस् । यो सरकारले सुशासन, शान्ति सुरक्षाको ग्यारेन्टी गरोस, अरु आर्थिक समृद्धिको माहोल बनाई नीजि र बाह्य क्षेत्रलाई जिम्मा दिइयोस् ।’



प्रतिक्रिया दिनुहोस्