काठमाडौं, २७ जेठ । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य एवम् सांसद राजकिशोर यादवले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै सरकारबाट मुलुकको समृद्धि सम्भव रहेको स्पष्ट पारेका छन् ।
आईतबार रातोपाटी डटकमको पाँचौ वार्षिकोत्सव कार्यक्रममलाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताएका हुन् । उनले सरकारले समृद्धिको कुरा गरेको भएपनि यसको मानक के हो चाहिँ स्पष्ट नभएको उल्लेख गरे ।
पूर्वमन्त्री समेत रहेका नेता यादवले भने,‘यही मन्चमा उदारवादी अर्थतन्त्रको वकालत गर्ने नीजि क्षेत्र पनि छ । राज्य नियन्त्रित हुनुपर्छ भन्ने सरकारका प्रतिनिधि पनि छन्। यसमा स्पष्ट पारिनुपर्छ ।’
उनले ६० लाख पढेलेखेका युवा विदेशमा भौतारिनुपर्ने अवस्था रहेको भन्दै त्यसको कारण के हो भन्ने खोज्नुपर्ने बताए । उनले केपी ओली नेतृत्वको सरकार स्थायी सरकार भएको भन्दै यही सरकारबाट आर्थिक समृद्धि सम्भव रहेको बताए ।