Logo

शिक्षकको क्षमता वृद्धिको विधि तय गरिने



जेठ २८, काठमाण्डौ । विद्यार्थीको समग्र सिकाइको परीक्षणका लागि शिक्षकको क्षमता वृद्धिको विधि तय गरिने भएको छ ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्र मार्फत शुरु उक्त कार्य अन्र्तगत पहिलो चरणमा नेपाल सहित विभिन्न ३ देशका प्रतिनिधि विच हालै काठमाडौंमा छलफल भएको छ ।
छलफलबाट निस्केका निचोडलाई विद्यार्थीको सिकाइ परीक्षणको विधिसँग जोड्ने गरी निष्कर्श निकालिने छ ।

पाठ्यवस्तुमा मात्रै केन्द्रित गर्ने परिपाठिबाट विद्यार्थीको समग्र परीक्षण सम्भव नहुने अवधारणा अनुसार नयाँ प्रयोग गर्न लागिएको हो ।

नेपालको पाठ्यक्रमको तहगत उद्देश्यमा समस्या समाधान, समालोचनात्मक चिन्तन तथा सहकार्य जस्ता सीपहरुको उल्लेख भए पनि परीक्षाहरुमा यस्ता सीपको मापन हुने गरी प्रश्न बनाउने अभ्यास भएको छैन ।

सन् २०१७ मा अमेरिकाको ब्रोकिङ् ईष्टिच्युसनले एसिया प्यासिफिक क्षेत्रमा गरेको अनुसन्धानका क्रममा नेपालमा पाठयक्रममा सबैभन्दा बढी एक्काइसौँ शताब्दिका सीपहरू उल्लेख भएको तर परीक्षणमा एकदमै न्यून मात्र भएको निष्कर्श निकालेको थियो ।



प्रतिक्रिया दिनुहोस्