Logo

विश्वकप फुटबल २०१८ : पहिलो गोल रसियाका ग्याजिन्सकीले गरे



काठमाडौं, ३१ जेठ । विश्वकप फुटबल २०१८ को पहिलो गोल रसियाले गरेको छ। मस्कोमा जारी विश्वकपको पहिलो खेलको १२ औं मिनेटमा साउदी अरेबियाविरुद्ध रसियाले पहिलो गोल गरेको हो। रसियाका लागि युरी ग्याजिन्सकीले पहिलो गोल गरेका हुन्।

उनले एलेक्जेडरको पास मार्फत हेडिङ् गर्दै बललाई जाली चुमाएका हुन्। यस्तै खेलको ४३औं मिनेटमा डेनिस चेरिसेभले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे। साउदीले पहिलो हाफमा पाएका केही राम्रो मौकालाई सदुपयोग गर्न सकेन। पहिलो हाफमा रसियाले ५ वटा पोल एटम गरेको थियो भने साउदीले ४ वटा प्रहार पोष्टमा गरेको थियो।

यस्तै साउदीले प्रहार गरेको तीन वटा प्रहारलाई रसियाली गोल रक्षकले उत्कृष्ट बचाउ गरेका थिए। उता रसियाका २ प्रहार साउदी रक्षकले बचाएका थिए।

पहिलो हाफमा ३ वटा कर्नर रसियाले पाएको थियो भनेर २ वटा कर्नर साउदीले पाएको थियो।

 



प्रतिक्रिया दिनुहोस्