Logo

शिक्षक आयोगले माग्यो १० हजार शिक्षकका लागि आवेदन



असार १, काठमाडौँ । शिक्षक सेवा आयोगले एकै पटक प्राथमिक तहका दश हजार शिक्षक पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

खुला तथा समावेशी रूपमा ९ हजार ९९६ शिक्षक माग गरेको हो । आयोगले शुक्रबार सूचना प्रकाशित गरी असार ३० गतेसम्म दरखास्त फाराम भर्न सूचित गरेको छ। दोब्बर दस्तुरमा साउन ५ गतेसम्म फाराम भर्न सकिनेछ ।

आयोगले प्राथमिक तहको तृतीय श्रेणी सरहका शिक्षक माग गरेको हो ।

जसमा खुलातर्फ ५ हजार ४९८ कोटा तोकिएको छ । यस्तै, महिलामा एक हजार ४२१, दलित महिलामा ४९, मुस्लिम महिलामा १७ कोटा निर्धारण गरिएको छ । पहिलोपटक महिलाभित्र पनि उपसमूह बनाइएको छ ।

विज्ञापन अनुसार आदिवासी जनजाति कोटामा एक हजार २१५ जना, मधेशीतर्फ ९८६, दलितमा ४०५, अपाङ्गता भएका व्यक्तिका लागि २२५ र पिछडिएका क्षेत्रका लागि १८० कोटा छुट्याएको छ ।

आयोगले ७७ वटै जिल्लाका लागि दरखास्त आह्वान गरेको हो ।



प्रतिक्रिया दिनुहोस्