Logo

प्रधानमन्त्रीले चीनसँग नयाँ सम्झौता नगर्ने, पुरानै सम्झौताको कार्यान्वयनमा जोड



असार १, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणका क्रममा नयाँ ठूला सम्झौता नहुने भएको छ ।

ओली असार ५ गतेदेखि चीन भमणमा जाँदैछन् । ओली पहिलोपटक प्रधानमन्त्री हुँदा चीन गएर गएको १० बुँदै सम्झौता कार्यान्वयनलाई मात्रै यसपटकको भ्रमणमा प्राथमिकतामा राखिने भएको छ ।

ओलीले चीनसँग ठूला सम्भौता गर्दा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी असन्तुष्ट हुनसक्नेप्रति सचेत रहेको बताइएको छ ।

कम्युनिष्ट सरकारका प्रधानमन्त्री ओलीको चीन भ्रमणमा बाहिर चर्चा गरिएजस्तो कुनै सम्झौता नहुने पक्कापक्की जस्तै भएको स्रोतको दाबी छ ।

चीनले पनि तत्काल ठूलो सहयोग गर्ने संकेत दिएको छैन ।
चीनले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न चाहे पनि यसपटक सम्झौता हुन सम्भावना ज्यादै कम छ ।



प्रतिक्रिया दिनुहोस्