Logo

विश्वकप फुटबलमा आज स्पेन र पोर्चुगलबीच भीडन्त, को बलियो ?



काठमाडौं, १ असार ।  विश्वकपको समूह चरणको चौथो खेलमा आज स्पेनिस क्लव रियल मड्रिडका दुई स्टार खेलाडीहरु क्रिष्टियानो रोनाल्डो र सर्जियो रामोस एक अर्काविरुद्ध मैदानमा उत्रिँदैछन् ।

यी दुवै आ–आफ्नो देशको राष्ट्रिय टिमको कप्तानी गर्नेछन् । रोनाल्डोले पोर्चुगलको नेतृत्व गर्दै मैदानमा उत्रिँदा रामोसले स्पेनको कमान सम्हाल्नेछन् ।

सोच्चीमा हुने यो खेलमा धेरैको चासो छ । यद्यपि अहिलेसम्मको रेकर्डमा स्पेन पोर्चुगलमाथि भारी छ । अहिलेसम्म यी दुई देशबीच कूल ३५ खेल भएका छन् । यीमध्ये १६ खेल स्पेनले जितेको छ भने ६ खेल मात्र पोर्चुगलले जितेको छ ।

१३ खेल भने ड्र भएका छन् । विश्वकपमा भने स्पेनको पोर्चुगलमाथि शतप्रतिशत रेकर्ड छ । स्पेनले विश्वकपमा पोर्चुगलसँग कहिल्यै हारेको छैन ।

यी दुई टिमबीच २०१० मा पछिल्लो विश्वकप भिडन्त भएको थियो जुन खेल स्पेनले १–० ले जितेको थियो । यो खेलमात्र होइन त्यतिबेला विश्वकप नै स्पेनले जितेको थियो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्