Logo

नेकपा स्थायी समितिको पहिलो बैठक आज, यि हुन् छलफलका एजेण्डा



असार २, काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक आज दिउँसो तीन बज्ने बस्ने तयारी भइरहेको छ ।

पार्टी गठन भएपछिको पहिलो बैठक आज प्रधानमन्त्री एवं ने क पाका एक अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा तीन बजेका लागि बोलाइएको हो ।

बैठकमा यसअघि सचिवालय बैठकबाट गठित कार्यदलका प्रतिवेदन पेस गरिने छ ।

बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीको चीन भ्रमण, पछिल्लो राजनीतिक अवस्था, सरकारको कार्यबारे छलफल हुनेछ ।

बैठकमा पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थिति सम्बन्धमा दुवै अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

राजनीतिक तथा सांगठनिक अवस्थाबारे महासचिवको प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्दे्शिका तथा आचारसंहिता मस्यौदा कार्यदल गठनको विषयमा समेत छलफल हुने बताइएको छ ।

त्यस्तै पौडेलको संयोजकत्वमा गठित कार्यदलले बुझाएको विधान मस्यौदा एवं नियमावली माथि छलफल गरी पारित गर्ने कार्यक्रमसमेत रहेको छ ।

पार्टीले छुट्टाछुट्टै कार्यदल गठन गरेर प्रदेश कमिटी, जिल्ला कमिटी, भ्रातृ संगठनको एकतालगायतका विषयमा बैठकमा छलफल गरिने छ ।



प्रतिक्रिया दिनुहोस्