साँझ बेलुका विहान सधैँ मिडियामा कराउने
किन होला तिमीसँग नेता पनि डराउने
धमला धमला ऋषि धमला
चर्का कुरा नगर बोली समाल
असार २, काठमाण्डौ । गायिका राधिका हमालले कलाकारहरू विदेश पलायन हुने परम्पराको विरोध गरेकी छिन् ।उनले कलाकारहरूलाई आफ्नै देशभित्र दुःख सुख्ख गरेर बस्न सुझाव दिएकी छिन् । “म विदेशमा पलायन हुन्न’, गायिका हमालले भनेकी छिन्, ‘दुःख सुख गरेर नेपालमै बस्नुपर्छ ।”
गायिका हमालले विदेश घुम्न र कार्यक्रमका लागि गए पनि विदेश पलायन नहुने बताएकी हुन् । ‘मेरो आफ्नै रेकर्डिङ स्टुडियो छ । म राजनीतिमा पनि सक्रिय छु । विदेश गएर बस्ने कुनै योजना छैन ।’
https://www.youtube.com/watch?v=LXknaNzltNs
हमाल अहिले तीजको गीतको तयारीमा रहेकी छिन् । “अहिले रेकर्डिङ चलिरहेको छ । तीजलाई लक्षित गरेर माया र माइतीका गीत बनाउँदैछु ।” हमालले भनिन् ।
उनले पछिल्लो सयम एकनारायण भण्डारीले लेखेको लाहुरे बोलको गीत गाएकी छिन् । उनको सदाबहार गीत ढल्क्यो जवानी निकै चर्चित थियो ।
उनी भन्छिन्, “मलाई मनपराउने धेरै हुनुहुन्छ । चोखो माया सबैभन्दा धेरै छ । युवादेखि वृद्धसम्मले मन पराएकाले लोकप्रिय हुन सफल भएको छु ।”