Logo

विश्वकप फुटबल : आज ब्राजिल र स्विटजरल्याण्ड भिड्दै



काठमाडौं, ३ असार । विश्वकप फुटबल २०१८ को चौथो दिन आज तीन खेलमा ६ टोली भिड्दै छन्। जसमा पहिलो खेल कोस्टारिका र सर्बियाबीच हुनेछ भने दोस्रो खेलमा जर्मनी र मेक्सिको भिड्दै छन्। त्यस्तै तेस्रो खेलमा ब्राजिल र स्विटजरल्याण्ड भिड्दै छन्। यी टिम मध्ये ब्राजिल यस्तो टोली हो, जसले सबै विश्वकप खेल्दै आएको छ।

ब्राजिलले ८० वर्षयता आफ्नो सुरुवात म्याच हारेको छैन्। त्यस्तै जर्मनी विश्वकपमा १९ पटक खेलेको छ । ब्राजिल ४८ वर्षमा ग्रुप स्टेज म्याचमा कहिलै पराजित भएको छैन्। ब्राजिल र स्विटजरल्याण्ड विश्वकपमा यो भन्दा अघि एक पटक आमनेसामने भएका छन्। १०५० मा भएको खेलमा २२ गोलको बराबरीमा खेलेका थिए।

ब्राजिल विश्वकपमा अहिले खेलिरहेका टोली मध्ये सबै भन्दा बढी ५ पटक च्याम्पियन बनेको छ। पछिल्लो १२ विश्वकपमा ग्रुप स्टेजमा ब्राजिल एक पटक पनि पराजित बनेको छैन्। ब्राजिलले आफ्ना १८ सुरुवात खेलमा १६ खेल जितेको छ।

सन् १९३४ मा स्पेनले ३-१ ले पराजित गरेको थियो। ब्राजिलले आफ्नो कोच टिटेको मार्गदर्शनमा पछिल्लो २१ खेलमा १ पटक मात्र पराजित भएको छ। त्यस्तै स्विटजरल्याडको कुरा गर्ने हो भने यो टोली १-१ औँ पटक विश्वकपमा सहभागी बनेको छ। यसले ३३ खेलमा ११ खेल जितेको छ। त्यस्तै ६ खेल बराबरीमा खेलेको छ। एजेन्सी



प्रतिक्रिया दिनुहोस्