Logo

विधिको शासनलाई कमजोर पार्न लागेको नेता खाँणको भनाइ



जनकपुरधाम, ४ असार : नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको प्रसङ्गलाई अघि बढाउनु निरंकुशतालाई आमन्त्रण गर्नु हो भन्नुभएको छ ।

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउँदै सरकार विधिको शासनलाई कमजोर पार्न उद्यत भएको धारणा व्यक्त गर्नुभयो ।

सरकार असहिष्णु भई लोकतन्त्रको आकर्षण र लोकप्रियतालाई समाप्त गर्ने दुष्कार्य गरिहेको आरोप लगाउँदै केन्द्रीय सदस्य खाँणले सरकारद्वारा संघीय संसद्मा प्रस्तुत बजेट जनतालाई कष्ट दिने भएको र यसले करको भार, मूल्य वृद्धि गरी त्राहिमामको अवस्था सिर्जना गरेको उल्लेख गर्नुभयो ।

एक प्रश्नको जवाफमा उहाँले प्रतिपक्षीको भूमिका निर्वाहका सम्बन्धमा नेपाली काँग्रेसभित्र गम्भीर छलफल भइरहेको छ भन्दै अहिले प्रतिपक्ष कमजोर नभई सरकारको हनिमुन समयलाई दृष्टिगत गर्दै गतिविधि नियाँलिरहेको छ भन्नुभयो ।

नेता खाँडले संविधान संशोधनमार्फत मधेशको मागलाई सम्बोधन गर्नु आवश्यक रहेको तर यस प्रसंगमा मधेश केन्द्रित दलको भूमिका अपेक्षाकृत नभएको बताउँदै नेता खाँडले सङ्घीयता र लोकतन्त्रलाई बलियो पार्नेतर्फ सबैको ध्यान केन्द्रित हुनु जरूरी छ भन्नुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्