Logo

प्रदेश नं ५ : प्रदेशसभा बैठक स्थगित



बुटवल, ४ असार : प्रदेश नं ५ मा आज प्रतिपक्ष नेपाली काँग्रेसको विरोधका कारण प्रदेशसभाको बैठक केही समयका लागि स्थगन भएको छ ।

प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले अवरोध सिर्जना भएको कारण दर्शाउँदै २० मिनेटका लागि प्रदेशसभाको बैठक स्थगन भएको घोषणा गर्नुभयो ।

प्रदेशसभा शुरु भएलगत्तै काँग्रेसका डिल्लीबहादुर चौधरीले बजेट विनियोजनमाथि आपत्ति जनाउँदै संसद्को कार्वाही अघि बढ्न नसक्ने जिकिर गर्नुभएको थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्