Logo

नेवि संघको विरोधमा रचनात्मक शैली, मूल्यवृद्धिविरुद्ध दाउराले आगो बालेर भोजन



असार ४, काठमाण्डौ । सरकारको मूल्यवृद्धि विरुद्ध नेपाल विद्यार्थी संघ त्रिभुवन विश्वविद्यालय समितिले सामूहिक भोजन कार्यक्रम गरेको छ ।

सरकारले पटक पटक पेट्रोलियम पदार्थ तथा दैनिक उपभोगका सामानहरुमा गरेको मूल्य वृद्धिले गर्दा बाहिर जिल्लाबाट काठमाडौँ आएर भाडामा वस्ने विद्यार्थीहरु दैनिक जिवनमापनमा समस्या परेको संकेतस्वरुप दाउराले खाना पकाएर खाइएको थियो ।

कीर्तिपुर क्षेत्रमा चामल, नून, तेल, दाल,तरकारी मागेर दाउराले खाना पकाई बीच सडकमा खाना खाँदै सरकारको मूल्य वृद्धि विरुद्ध आन्दोलन गरेको नेबि सघ केन्द्रिय महामन्त्री कुन्दनराज काफ्लेले बताए ।

उक्त कार्यक्रममा नेवि संघ महामन्त्री कुन्दन काफ्ले, केन्द्रीय सदस्य शुशिल भट्ट, नवराज त्रिपाठी, प्रकाश सेढाई सहितका नेता तथा कार्यकर्ताको उपस्थिती रहेका थियो ।

नेवि संघ केन्द्रिय सदस्य सुशील भट्ट आन्दोलनको रचनात्मक कार्यक्रम अन्तर्गत सरकारलाई ध्यानाकर्षण गराउने प्रयास गरेको बताउछन् । उक्त कार्यक्रममा बोल्दै त्रिवि अध्यक्ष हरि आचार्यले भने ‘‘सरकारले मूल्यबृद्धि फिर्ता नगरेसम्म आन्दोलन चलिरहने छ ।’’

नेवि संघ केन्द्रीय सदस्य सुशील भट्ट आन्दोलनको रचनात्मक कार्यक्रम अन्तर्गत सरकारलाई ध्यानाकर्षण गराउने प्रयास गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्