काठमाडौं, ४ असार । विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ अन्तर्गत स्विडेन र दक्षिण कोरियाबीचको खेल सुरु भएको छ। समूह ‘एफ’मा स्विडेन र दक्षिण कोरियाका खेलाडिहरु प्रतिस्पर्धा गरिरहेका छन्।
यसअघि विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’को पहिलो चरणको खेलमा जर्मनी र मेक्सिको खेलिसकेका छन्। समूह ‘एफ’ अन्तर्गत आईतबार राति भएको खेलमा मेक्सिकोले जर्मनीलाई १(० गोलले हराएको थियो।
स्वीडेन १२ वर्षपछि विश्वकपमा छनोट भएको हो। उसले अन्तिम पटक सन् २००६ मा विश्वकप खेलेको थियो। करिब डेढ दशक स्विडेनको फुटबलका आकर्षण बनेका स्ट्राइकर ज्लाटन इब्राहिमोभिचको अभाव टोलीमा देखिन थालेको छ।
इब्राहिमोभिचले सन् २०१६ मा सन्याश लिएका थिए। त्यसअघि उनले राष्ट्रिय टोलीका लागि एक सय १६ खेल खेल्दै ६२ गोल गरेका थिए।
एजेन्सीको सहयोगमा