बेइजिङ, ६ असार :प्रधानमन्त्री केपी शर्मा ओलीले एशियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैंकलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ ।
बैंकको मुख्यालय बेइजिङमा आज सो बैंकका अध्यक्ष जेन लिक्युनसँगको भेटवार्तामा प्रधानमन्त्री ओलीले जलस्रोत, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको हो ।
नेपालमा राजनीतिक स्थिरता कायम भएको र स्थायी सरकार गठन भएको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले लगानीका लागि नेपाल सुगम गन्तव्य रहेको जानकारी दिनुभयो । उहाँले लगानीकर्तालाई नहच्किन पनि भन्नुभयो ।
सम्बन्धित समाचारहरु :
ओली-जिनपिङ हयाण्डसेकपछि आईसब्रेक, परराष्ट्रमन्त्री उत्साहित
चीनीयाँ राष्ट्रपतिले भने : नेपाल भ्रमण गर्न आँतुर छु
प्रधानमन्त्री ओली र चीनीयाँ राष्ट्रपति सिबीच के–के कुराकानी भयो ?
चीनीयाँ राष्ट्रपतिले ओलीलाई किन आभार प्रकट गरे ?
चीनीयाँ राष्ट्रपतिद्धारा एक चीन नीतिमा नेपालको खुलेर प्रशंसा
नेपालमा चिनियाँ लगानी गणनायोग्य : प्रधानमन्त्री ओली
मुलुकको स्रोत, साधन र छिमेकीको साथ नै देश विकासको आधार : ओली
प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे भ्रमण दलका १४ सदस्यहरुको यस्तो छ प्रतिक्रिया (कसले के भने)
प्रधानमन्त्री ओलीको आग्रहलाई सकारात्मक रुपमा लिँदै अध्यक्ष जेनले लगानीका प्राथमिकता निर्धारण गरी नेपालमा आउन आफूहरु तयार रहेको र केही परियोजनामा लगानीसमेत गरिसकेको बताउनुभएको थियो । (रासस)