बेईजीङ, ७ असार । चीनको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ कम्युनिष्ट पार्टी स्थायी कमिटिका अध्यक्ष लि झांग्सुबीच आज भेटवार्ता भएको छ ।
अध्यक्ष लिले प्रधानमन्त्री ओलीलाई स्वागत गर्दै नेपालले एक चीन नतिप्रिति लिएको प्रतिबद्धतामा खुशी व्यक्त गरेका थिए । उनले ओलीलाई भनेका थिए,‘तपाई समृद्धि र विकास होस् भन्ने भावनाको चीनले सँधै समर्थन गरेको छ ।’
ओलीले चीन नेपालको पूरानो र भरपर्दौ मित्रराष्ट्र भएको उल्लेख गर्दै आगामी दिनमा नेपाल–चीन द्धिपक्षीय सम्बन्ध सुमधुर बनाएर जानुपर्नेमा जोड दिए ।