काठमाडौं, ७ असार । पुरै संसारमा फुटबलका प्रशंसकहरुमा बिश्वकप २०१८को एक प्रकारको नशा चढिरहेको छ । आफुले सर्मथन गरेको टिमले बिश्वच्याम्पियनको उपाधि हासिल गरोस भन्ने चाहनाका साथ कोहि आफ्नो टिमको सर्मथन गर्न रंंगंसालामानै उपस्थित भए होलान त कोहि साथिभाई तथा घर परिवार संग बसेर फुटबल हेरीरहेका होलान ।
तर संसारमा यस्ता पनि देशहरु थिए जहाँ पुरुष संग बसेर महिलाहरुलाई फुटबलहेर्न बाट बन्चित गरियको थियो । महिलालाई सार्वजनिक रुपमा खेलहेर्न प्रतिबन्ध लगाउने देशहरुमा ईरान पनि एक हो ।
तर यसपालिको बिश्वकपमा भने मोरोक्को संगको खेलमा ईरानले सफल्ता पाएपछि ईरानि महिलाहरुको लागी अझबढि खुसिको कुरा बनेको थियो । ईरानी महिलाले देशकै ठुलोे रंगशालामा पहिलो चोटि (१९७९ मा भएको इस्लामिक क्रान्ति पछि) ठुलो पर्दामा पुरुषहरुसंग बसेर खेल हेरेका छन ।
मोरक्कासंगको जितपछि ठुलो स्रङ्ख्यामा रहेका ईरानी प्रशसकहरुले बिजय जुलुस निकालेका थिए जस्मा महिलाहरुको पनि उत्साहजनक सहभागीता थियो । ईरान गु्रप बी को शिर्षस्थानमा भएको बेला र मरोक्को संगको जित पछि यहाँको १,००,००० क्षमता भएको रंगशाला महिला दर्शकको लागी खोलीयको जानकारी प्राप्त भएको छ ।
जस्मा ईरानि महिलाले बुधबार भएको स्पेन बिरुद्धको खेलपनि रंगशालामै बसेर हेरका थिए । महिलालाई रंगसाला प्रवेश सुल्क दुई युरो तोकिएकोे थियो । यस खुसिलाई महिलाका अधिकारको लागी आवाज उठाउने सांसद तैयब्ह सियवोशिले बिश्वकप जिते सरहनै लागेको बताएकी छिन । ईरानमा फुटबल खेलहेर्नमा महिलालाई १९७९ मा भएको इस्लामिक क्रान्तिपछि प्रतिबन्द गरिएको थियो । हिजो भएको स्पेन संगको खेलमा ईरान १–० ले पराजीत पराजित भएको छ ।