Logo

काँग्रेस नेता भट्टराईलाई मस्तिष्कघात, नर्भिकमा उपचार हँुदै



काठमाडौं, ७ असार : नेपाली काँग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि सात दिनअघि उहाँलाई नर्भिक अस्पताल थापाथली पु¥याइएको थियो । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहनुभएका भट्टराईलाई हाल उच्च निगरानीमा राखिएको छ ।

सिटी स्क्यान रिपोर्ट आएपछि मात्र थप उपचारको प्रक्रिया अगाडि बढाइने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । स्नायु रोग विशेषज्ञ डा राजीव झासहितको टोलीले उहाँको उपचार गरिरहेको नर्भिक अस्पतालले जनाएको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्