Logo

अर्जेन्टिनालाई ठूलो झट्का, समूह चरणबाटै बाहिरिने निश्चित्



काठमाडौं, ८ असार । रसियामा जारी विश्वपक फुटबलमा अर्जेन्टिनालाई ठूलो झट्का लागेको छ । नकआउट चरण प्रवेशका लागि जित्नै पर्ने दबाबका साथ जारी विश्वकपमा क्रोएसियाविरूद्ध उत्रेको अर्जे्न्टिना समूह चरणको दोस्रो खेलमा ३ ० ले पराजित हुन पुगेको छ।

हारसँगै उसका लागि नकआउट प्रवेश थप कठिन बनेको छ। पहिलो हाफ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा एन्टे रेविकले अर्जे्न्टिनी गोल रक्षकको कमजोरीको फाइदा उठाउँदै बललाई जाली चुमाए।

उनले खेलको ५३ औं मिनेटमा गोल गरेका थिए। गोल खाएपश्चात अर्जे्न्टिनाले खेलमा फर्किने प्रयास गरे पनि सफलता हात पार्न सकेन।

सम्बन्धित समाचार :

दबाबमा अर्जेन्टिना, मेसीलाई क्रोएसियाको चुनौति

अर्जेन्टिना र आइसल्याण्ड बराबरी, मेसीले पेनाल्टी मिस गरे

यस्तैमा खेलमा फर्कन संघर्षरतस् अर्जे्न्टिनाले खेलको ८० औं मिनेटमा फेरि अर्को झट्का बेहोर्न बाध्य भयो। क्रोएसियाका मोड्रिकले दोस्रो गोल गर्दै अग्रतालाई दोब्बर पारे पछि अर्जे्न्टिना दोश्रो झट्का खान बाध्य भएको हो।

२(० को गोलले दबाबमा परेको अर्जे्न्टिनाको विपक्षमा खेलको ९१ औं मिनेटमा क्रोएशियाले फेरि गोल गरेर आफ्नो जीतलाई ३(० ले फराकिलो बनाइदियो। उक्त गोल इभान राकिटिचले गरेका थिए।

अन्ततस् अर्जे्न्टिना क्रोएशियालाई ३(० को जित सुम्पिन बाध्य भयो।

जीतसँगै क्रोएशिया ६ अंक बटुल्दै दोस्रो चरण प्रवेश गरेको छ। क्रोएसियाले यसअघि नाइजेरियालाई पराजित गरेको थियो भने अर्जे्न्टिना आश्चर्यजनक ढंगले सानो युरोपेली राष्ट्र आइसल्यान्डसँग बराबरी खेल्दै अंक बाढ्न बाध्य भएको थियो।

क्रोएशियासँगको हारले अर्जे्न्टिनाको दोस्रो चरण प्रवेश क्षिण बनेको छ। अब उसले समूह चरणको अन्तिम खेल नाइजेरियासँग खेल्न बाँकी छ।



प्रतिक्रिया दिनुहोस्