Logo

नेइमार कोस्टारिकासँगको खेलका लागि फिट



काठमाडौं, ८ असार । विश्वकप फुटबल अन्तर्गत स्वीट्जरल्याण्डसँगको पहिलो खेलको क्रममा विपक्षी खेलाडीले गरेको फउलका कारण ब्राजिलका स्टार खेलाडी नेइमारमा नयाँ चोटको समस्या देखियो ।

उनको दायाँ गोडाको गोलीगाँठोमा समस्या देखिएको थियो । त्यसपछि उनी प्रशिक्षण छोडेर फिजियोथेरापिस्टलाई भेट्न गएका थिए । तर उनी शुक्रबार हुने कोस्टारिकासँगको खेलका लागि फिट भएको बताइएको छ ।

नेइमार दायाँ गोडामै देखिएको समस्याका कारण तीन महिना मैदान बाहिर रहेर विश्वकपको केही अघि मात्रै मैदान फर्किएका हुन् । नेइमारले पहिलो खेलमा राम्रो गरेका थिए । पहिलो खेलमा स्वीट्जरल्याण्डसँग बराबरीमा रोकिएको ब्राजिलका लागि जित आवश्यक छ ।

एजेन्सीको सहयोगमा



प्रतिक्रिया दिनुहोस्