काठमाडौ, असार ८ : नेपाली कांग्रेसका सांसद गगन थापाले स्वास्थ्य ऐन र प्रजनन स्वास्थ्य सम्बन्धि ऐनको काम अगाडि नबढाएको भन्दै सरकारको आलोचना गरेका छन्।
पूर्व स्वास्थ्यमन्त्री समेत रहेका नेता थापाले त्यस्तै बिमा कार्यक्रमको पनि संरचना तयार गर्ने तथा कार्यविधि बनाउने काम नभएको प्रति आपत्ति जनाए। थापाले एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना थन्काएको गुनासो गरे
आफू सरकारका भएका बेला अध्ययन गरेर तयार गरिएको प्रतिवेदन समेत लत्याइएको थापाले टिप्पणी गरे। स्वास्थ्य मन्त्रालयको बजेटमाथि संसदमा भएको छलफलमा थापाले सेवाका आधार छाडेर पुन: बेडका आधारमा पहिचान बनाउन निर्माण गर्न लागिएकोप्रति आपत्ति जनाए।