Logo

भाजपा नेता जोलीद्धारा जानकी मन्दिरको दर्शन



जनकपुर, ८ असार । भारतीय सत्तारुढ दल भाजपाका प्रभावशाली नेता एवम् नेपाल मामिलाका जानकार विजय जोलीले आज जनकपुरस्थित् जानकी मन्दिरको दर्शन गरेका छन् ।

जोली नेपाल भ्रमणमा आईरहन्छन् । नेपाल आउँदा उनी विभिन्न धार्मिक तथा सांस्कृतिक क्षेत्रहरुको भ्रमण गर्न जाने गरेका छन् । यसपटक भने उनी युवा प्रर्वद्धक दिपेन्द्र कँडेलको व्यक्तिगत निमन्त्रणमा नेपाल आएका हुन् ।

एक महिना पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकी मन्दिरको भ्रमण गरेका थिए । मोदीले भ्रमण गरेलगत्तै जनकपुरमा धार्मिक पर्यटकहरुको आगमन ह्वात्तै बढेको छ ।

नेपाल-भारत द्धिपक्षीय सम्बन्ध सुमधुर बनाउन नेता जोलीले विशेष भूमिका निर्वाह गर्दै आएका छन् । उनले जनस्तरको सम्बन्धलाई बढावा पनि दिँदै आँएका छन् ।



प्रतिक्रिया दिनुहोस्