Logo

१११ जनाको जम्बो टोलीले के गर्यो चीनमा, जहाँ मन्त्रीहरु नै फुर्सदमा, घुम्ने मौकाको सदुपयोग मात्रै



असार ९, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणमा गर्ने भनिएका महतवपूर्ण भेटघाट र सम्झौता सम्पन्न भएको छ ।

प्रधानमन्त्री ओली १ सय ११ जनाको जम्बो टोली लिएर चीन भ्रमणमा निस्केका थिए ।

भ्रमण टोलीमा व्यवसायीहरुबाट ५२ जना, मिडिया डेलिकेशन ११ जना, प्रधानमन्त्रीको अफिसियल टोली भनेर ४८ जना राखिएको थियो ।

प्रधानमन्त्री ओली चीन प्रस्थान-फोटो फिचर

ओलीको चीन भ्रमण : रेल र उर्जा प्राथमिकतामा

प्रधानमन्त्रीका जम्बो टोली सदस्यहरु ताजमानमा फुर्सदिला

तर चीन भ्रमणका बेला प्रधानमन्त्री ओलीबाहेक अरुको खासै काम देखिएन । निजी संचारमाध्यमबाट गएका संचारकर्मीले आफ्नो काम गरे, निजी क्षेत्रका व्यवसायीहरुले अनुकूल मिलाएर चिनियाँ लगानी भित्र्याउन सफल भए, अरु अपवाद बाहेक कसैले पनि भ्रमणको उपलब्धि हासिल गर्न सकेनन् ।

भ्रमण टोलीका चार जना मन्त्रीहरुसमेत चीनमा फुर्सदिला बनेका थिए । गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ भ्रमणदलमा थिए ।

गृहमन्त्री थापाको भेटवार्ता खासै प्रभावकारी भएन भने परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण पनि आपचारिकता मात्रै देखिएको थियो ।

अर्का मन्त्री महासेठले चीनका यातायात मन्त्रीलाई भेटेको बताइएको छ । यद्यपी त्यसको खासै उपलब्धि देखिएन ।

उर्जामन्त्री पुनले भने नेपाल चीनबीच भएको उर्जासम्बन्धी एउटा सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

मन्त्रीहरु नै फुर्सदिला देखिएको अवस्थामा अन्य सदस्यहरु त घुम्नका लागि मात्रै चीन गएको जस्तो देखिएको छ ।

प्रधानमन्त्री केपी ओलीसमेत भारत भ्रमणमा जस्तो व्यस्त भएनन् । भारत भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता धेरै हुने गर्दथ्यो । तर चीन भ्रमणमा ओलीलाई सिमित भेटवार्ताको मात्रै मौका दिइएको थियो ।

विदेश भ्रमण भन्नेवित्तिकै मन्त्रीदेखि पार्टीका नेता कार्यकर्ताको भिड लाग्ने गरेको छ । यसले राष्ट्रको ढुकुटी रित्याउनेबाहेक अरु खासै उपलब्धि देखिदैन ।

अझ कतिपयले भ्रमणदल जम्बो बनाइएकोमा व्यङ्ग्य गर्दै चिनियाँ रेल बोकेर नेपाल ल्याउनका लागि धेरै जना लस्कर लागेर चीन गएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्