Logo

भारतीय पूर्वप्रधानमन्त्री वाजपेयी किन रहे अविवाहित ?



काठमाडौं, ९ असार । केही सम्बन्ध यस्तापनि हुन्छन् की जसलाई केही नाम दिन नै सकिँदैन । यस्तै सम्बन्धमध्ये भारतका पुर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको समबन्ध पनि एक मानिन जान्छ । बाजपेयीको प्रेम जीवनले त्यति उचाई लिन सकेन जति उनको नाम छ ।

एउटा निश्चित् सम्बन्धसम्म नपुगेको उनको प्रेम एक राजकुमारीसंग रहेको थियो, जसलाई कसैले नजिकबाट पढ्न र जान्न समेत पाएनन् । राजकुमारी र बाजपेयीको सम्बन्ध यति गहिरो थियो कि जसका कारण बाजपेयी जीवनभर अविवाहित रहनु पर्यो ।

सबैलाई यो कौतुहल्ताको बिषय बनेको छ की आखिर को थिइन त अटल बिहारी की राजकुमारी ? जोसंग उनको विशेष रुचि थियो । यो कुरा ४० को दशकतिरको हो, जब वाजपेयी युवा अवस्थामा थिए र ग्वालियरमा अध्ययन गरिराखेका थिए । उनीसंगै एक किशोरी पनि अध्ययन गर्थिन उनलाई राजकुमारी कौल भनेर बोलाईन्थो ।

त्यो समय आजभोलिको जस्तो पनि त थिएन । त्यतिवेला त किशोर–किशोरीहरू एक–अर्कासंग कुराकानी गर्नमा समाजको प्रतिष्ठासंग जोडेर हेरिने गर्दथ्यो । तर वाजपेयीलाई ती राजकुमारीसंग प्रेम थियो–जो अति नै सुन्दर थिईन् ।

राजकुमारीसंगको एकतर्फी मायामा रमाईरहेका वाजपेयी यो सम्बन्धलाई एक निश्चित् बिन्दुमा लैजान चाहन्थे । आर्कषक व्यक्तित्वका धनि वाजपेयीले प्रेम सम्बन्धलाई उचाई दिनको लागि राजकुमारीलाई सम्बोधन गरेर प्रेमपत्र लेखे र त्यो प्रेमपत्रलाई पुस्तकालयको एक किताबभित्र राखि दिएका थिए ।
पुस्तकभित्र पत्र राखेको धरै समयसम्म पनि कुनै जवाफ नआएपछि उनले राजकुमारीसंगको प्रेमबाट टाढा हुने मनशाय बनाए । तर उनलाई यो कुराको जानकारी थिएन की खासमा के भैरहेको छ ? त्यो पत्र राजकुमारीसम्म पुगे÷नपुगेसम्मको जानकारी उनलाई थिएन ।

सबन्धित समाचारहरु :

बलिउडका सफल कलाकार पुरीको ८८ औं जन्मजयन्ती : संघर्षदेखि सफलतासम्म

राजकुमारदेखि निर्देशकसम्मको ‘ज्याकलीन’ प्रेम कहानी

 

वाजपेयीको जीवनमा आधारित एक किताब लेखिएको छ जसको नाम –‘अटल बिहारी वाजपेयी ः अ म्यान अफ अल सिजन्स’ । यसका लेखक तथा पत्रकार किङशुक नागले उक्त पुस्तकमा वाजपेयीको प्रेम–कहानीको वर्णन रोचक ढंगले प्रस्तुत गरेका छन ।

किङशुकले लेखेका छन कि सुनिता बुद्धीराजाको राजकुमारीसंगको नजिकको र गहिरो मित्रता थियो र एकचोटी राजकुमारीले सुनितासंग आफ्नो वाजपेयीसंगको सम्बन्धको बारेमा बताएकी पनि थिईन ।

यो कुरा धेरै समयपछि राजकुमारीले सुनितासंग भनेकी थिईन की जो प्रेमपत्र वाजपेयीले उनको लागि छोडेका थिए त्यो उनको हातमा पुगेको थियो र त्यसको प्रतिउत्तर पनि उनले पुुस्तकालयकै एक किताबमा मन्जुर छु भनेर लेखेर छोडेकी थिइन । तर दुर्भाग्यवस त्यो उत्तर वाजपेयीसम्म पुग्न सकेन ।

यसैबिच राजकुमारीका बुवा (एक सरकारी अधिकृत) ले उनको बिवाह क्याम्पसका शिक्षक ब्रीज नारायणसंग गरिदिएका थिए ।

राजकुमारीका परिवारका नजिकका आफन्तले किताबमा बताए अनुसार राजकुमारी पनि वाजपेयीलाई धेरै माया गर्थिन् । यहाँसम्म की उनी वाजपेयीसंग नै विवाह गर्न चाहाँन्थिन् । तर यी दुबै फरक–फरक जातिका थिए । वाजपेयी ब्राह्मण परिवारका थिए ।

१९४७ मा ग्वालिएरमा दंगा चलिरहेको समयमा वाजपेयीेको विवाहको कुरा चल्यो तर विवाहको कार्यक्रम दिल्लीमा भएकाले उनले आउन सकेनन । यो बिवाह हुन नसक्दा वाजपेयी यति खुशी भएकी उनले दोस्रोचोटि विवाह गर्ने सोचसम्म राखेनन् ।

यसपछि वाजपेयीले आफ्नो बाँकी जीवन विभिन्न सामाजिक संघ÷संस्थाको सेवा तथा राजनीतिमा आफूलाई पूर्ण रुपमा समर्पित गरे । राजनीतिमा धेरै मेहनत र इमान्दारीताले उनलाई चाँडै सांसद पनि बनाउन मद्दत गर्यो ।

उनको जीवनमा यस्तो समयपनि आयो जब राजकुमारी मिसेज राजकुमारी बनेको धेरै समयपछि आफ्ना श्रमानको साथमा उनलाई भेट्न दिल्ली आईन जतिबेला उनका श्रीमान दिल्ली विश्वविद्यालयमा ईतिहासका प्राध्यापक थिए ।

वाजपेयी विदेशमन्त्री बनेको समयमा उनलाई लुटिएन्स जोनमा रहनको लागि घरको व्यवस्था गरिएको थियो जहाँ दिनमा कयौ मानिसहरु उनलाई भेट्न आउने गर्दथे । जुन घरमा वाजपेयी बसोबास गर्थे त्यहीँ राजकुमारीको परिवार पनि बसाई सरिसकेको रहेछ । राजकुमारीको परिवार अब वाजपेयीसंगै बसोबास गर्न लागीसकेको थियो ।

जव राजकुमारीका श्रीमानको देहान्त भयो त्यसपछि पनि राजकुमारी र उनका छोरीहरु सबैको पालनपोषणको जिम्मा वाजपेयीले नै लिए । सन् २०१४ मा जब मिसेज राजकुमारीले अन्तिम सास लिईन त्यतिबेलासम्म राजकुमारी बाजपेयीको साथमा रहिन तर वाजपेयीले भने कहिल्यै उनको साथमा कोही समबन्धको नाम दिएनन् ।

केही दिन अघिमात्र स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भई स्वास्थमा सुधार आएपछि वाजपेयी घर फर्किएका थिए । वाजपेयी आजसम्म पनि अविवाहित छन् र उनी आफ्नो एकल जीवन विताईरहेका छन् । एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्