Logo

माइकल ज्याक्सनका बुवा अस्पताल भर्ना



काठमाडौं, १० असार । क्यान्सरसँग लडिरहेका माईकल ज्याक्सनका बुवा जो ज्याक्सन अस्पताल भर्ना भएका छन् । उनको क्यान्सर अन्तिम अवस्थामा पुगिसकेको बताईएको छ ।

‘भेराईटि डटकम’लाई दिएको जानकारी अनुसार जो कि श्रीमतीसहित परिवारका अन्य सदस्य यसै हप्ता उनलाई भेट्नका लागि अस्पताल गएका थिए । ११ छोरा–छोरीका बुवा जो ज्याक्सन ‘ज्याक्सन फाईभ’ ब्यान्डको स्थापनाको पछाडि उनको ठुला सहयोग रहेको छ ।

उनि पछिल्लो केहि वर्षदेखि बिरामीहरुसंग लडिरहेका थिए र केही समय अगाडिमात्र उनी सडक दुर्घट्नामा पनि परेका थिए । समय–समयमा उनले हृदयघातको पनि सामना गर्नुपरेको थियो ।

समन्धित समाचारहरु :

सन्नी लियोन एक्कासी अस्पताल भर्ना, यस्तो छ कारण

मिर्गौला र रक्तक्यान्सरपीडितलाई डेढ लाख सहयोग

सुशील कोइराला क्यान्सर अस्पताल सञ्चालन सोमबारदेखि

लाज र डरका कारण परिवार नियोजनका साधनको प्रयोग न्यून

उमेरले ८९ वर्षका उनका ज्याकी, टिटो, जर्माइन, मार्लाेन र माइकल पाँच छोराहरु थिए । पाँच छोराको साथमा उनले ‘ज्याक्सन फाइभ’ म्युजिम ब्यान्ड खोलेका थिए ।

पछिल्लो समयमा आएर जोको परिवारका अरु सदस्यहरुसंग त्यति राम्रो सम्बन्ध थिएन । माइकल ज्याक्सन दिवंगत हुँदाका बखत पनि उनको माइकलसंग राम्रो सम्बन्ध रहेको थिएन ।

जानकारीका अनुसार ज्याक्सनको परिवार अमेरिकाको लस भेगासमा रहँदै आएको छ । पछिल्लो समय उनी २०१५ मा बि.ई.टि. अर्वाडको समयमा आफ्नी छोरी जैनेचकोसाथमा देखीएका थिए त्यसपछि उनि सार्वजनिक रुपमा देखिएनन् ।

थप समन्धित समाचारहरु :

काँग्रेस नेता भट्टराईलाई मस्तिष्कघात, नर्भिकमा उपचार हँुदै

नयाँ उपकरण थप्दै क्यान्सर अस्पताल

गगन थापाको आरोप : सरकारले आधारभुत स्वास्थ्य सेवालाई बुझेन

 

बि.ई.टि. अर्वाडको समारोहमा जैचेनलाई अल्टिमेटम आइकनको अर्वाड मिलेको थियो । यो वर्षपनि उनि हृदयधातबाट ग्रसित भएका थिए जसका कारण उनको आँखाको दृष्टिामा असर परेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्