काठमाडौं, १० असार । बलिउड अभिनेता सलमान खान आफु बस्दै आएको घर छाडेर नयाँ घरमा सर्ने मनशायमा पुगेका छन । हालै सार्वजनिक गरिएको खबरका अनुसार उनी आफु बस्दै आएको ग्यालेक्सी अर्पाटमेन्ट छाडेर छ तलाको नयाँ घरमा बसाई सर्ने योजना बनाईरहेका छन् ।
मुम्बईको चिम्बाई रोडस्थित् सलमान खानका बुवा सलिम खानले आफ्नी श्रीमतीसंग मिलेर २०११ मा एक प्लट किनेका थिए । त्यो बेलाको भारतीय मुल्य अनुसार उक्त जमिनको बजार मुल्य १४.४ करोडमा किनेका थिए ।
बुवाले किनेको जमिनमा घर बनाउनको लागि खान परिवारले मुम्बई महानगरपालिकासंग अनुमति माँगिसकेका छन । प्राप्त पछिल्ला खवर अनुसार त्यो अर्पाटमेन्ट तयार भएपछि सलमानको पुरा परिवार एकसाथ यसै घरमा रहनेछ । निर्माण हुन गैरहेको यो घर हालको ग्यालेक्सि अर्पाटमेन्टको साथैैमा रहेको छ ।
यो जमिनमा अहिले दुईओटा कटेज बनेका छन जो जर्जर स्थितिमा पुगिसकेका छन । नयाँ घर निर्माणको लागि यो दुई पुरानो घरलाई ताडिने जानाईएको छ । महानगरमा दिएको नक्सा अनुसार आँगनमा १६ कार पार्किङको व्यवस्था रहनेछ । हरेक तलामा २५० वर्गफिटका दुई बेडरुम र ४०० वर्गफिटका लिविङ रुम हुनेछन भने घरको छतलाई खालि छोडिने छ ।
यो पनि पढ्नुहोस :
सलमान खानको हत्या योजनाको खुलासा,आरोपि पक्राउ
रोनाल्डोको घरमा खाना खान जाँदै हुनुहुन्छ ? दशचोटि सोच्नुहोस
काठमाडौंका १० उत्कृष्ट डेटिङ स्थल, जान्नुस्-काम लाग्न सक्छ !
एक आत्माघाती गोलको बदला मृत्यु
भारतीय पूर्वप्रधानमन्त्री वाजपेयी किन रहे अविवाहित ?
शाहरुखले किन दिए इमरानलाई लण्डनको घरको साँचो ?
यस जमिनका मुख्य मालिक मेरि क्लोटिडा थिए । उनले १९५६ मा मेरी परेरालाई बेचिदिएका थिए । १९८७ मा परेराको निधन पछि यो सम्पति उनका दुई छोरा क्वाटिन र मेलजिलेको हुन पुग्यो । दुई भाईले यो जमिनलाई २००५ मा खारमा बसोवासगर्ने सलीम शेखलाई बेचेका थिए । २०११ मा सलिम शेखले यो जमिन सलीम खान लाई बेचेका थिए । सलीम खानले यो जमिन किनेपछि त्यातिकै खालीरहेको थियो । सलमान खान जब बान्द्राको रोडमा साईक्ङि गर्दथे उनि यसै जमिनमा आफ्नो साईकल राख्दथे ।
आजभोली सलमान खान ग्यालेक्सि अर्पाटमेन्टमा नै रहेने गर्दछन । सात तलाको यस घरमा उनि ग्राउन्ड फ्ल्लोरमा रहने गर्दछन जहाँ एक रुम र किचन अनि वाँश एरिया छ । यसको माथिल्ला तलाहरुमा उनका आमा– बुवा सलिम खान र सलमा खान परिवारका साथमा रहने गर्दछन ।
सलमान आजसम्म एक रुम भएको घरमा यसकारण रहिरहेका छन किनभने उनका बुवा यसघरलाई छोड्न नै चाँहदैनन । यो कुरा सलमानले संचारमाध्यमसंगको कुराकानीमा भनेका थिए । एजेन्सीको सहयोगमा