काठमाडौं, १० असार । बलिउड अभिनेता इमरान खान पछिल्लो तीन महिनादेखि न्यूरोएन्डोक्रार्ईन क्यान्सरको लण्डनमा उपचार गराईरहेका छन । इमरानको यो अवस्थाबाट पार लगाउन बलिउडका सबै कलाकारले शिघ्र–स्वास्थलाभको कामना गरेका छन् । तर, अभिनेता शाहरुख खानले इमरानको लागि जे गरे त्यो सायद सबैले सोच्नसम्म पनि सक्दैनन् ।
उपचारको लागि लण्डन जानुपूर्व इमरानकी श्रीमती सुतापाले शाहरुखलाई फोन गरेर इमरानले एकैपटक शाहरुखसंग भेट्न चाहेको बताएकी थिइन ।
इमरानले भेट्न चाहेको कुरा थाहा पाएर शाहरुख तुरुन्त इमरानको घर पुगे र उनीसंग पुरा दुई घण्टा बिताए । यसैविच शाहरुखले इमरानको हौसला बढाउने कामगरे र आफ्नो लण्डनस्थित् घरको साँचो पनि इमरानको हातमा थमाईदिए । पहिले त इमरानले शारुखले दिएको साँचो लिन मानेनन् तर शारुखले धेरैनै जिद्दी गर्न थालेपछि उनले साँचो समाएका थिए ।
यो पनि पढ्नुहोस :
यस्तो बन्दैछ सलमान खानको नयाँ घर
माइकल ज्याक्सनका बुवा अस्पताल भर्ना
एक आत्माघाती गोलको बदला मृत्यु
खवरका अनुसार शाहरुखले उनलाई साँचो दिनुको खास कारण अरु केही नभएर इमरान र उनको परिवारले आफ्नै घरजस्तै महशुस गरि उपचार गरुन भन्ने नै हो ।
त्यसो त उनलाई भेटेर फर्किएका उनका साथीहरुका अनुसार केही दिनदेखि इमरानको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आईरहेको छ । उनी यो वर्षको अन्तसम्ममा भारत फर्किन सक्ने अनुमान गरिएको छ ।
के हो न्युरोएन्डोक्रार्ईन क्यान्सर ?
न्युरोएन्डोक्रार्ईन क्यान्सर एक प्रकारको ट्युमर हो । शुरुवातमा यसले कुनै प्रकारको लक्षण देखाउँदैन् । तर, बिस्तारै ट्युमर ग्रन्थमा बढ्दै जान्छ । यसको कारणले शरिरमा ग्लुकोजको मात्रा बढ्दै जान्छ । इमरान पछिल्लो समय प्रर्दशनमा आएको फिल्म ‘ब्ल्याकमेल’मा देखिएका थिए ।
(एजेन्सीको सहयोगमा )अनुवादक : मीन राज भण्डारी