काठमाडौं, ११ असार । जारी २१ विश्वकपमा सबै खेलाडीहरुले आफ्नो खेलको जादु देखाईरहेका छन । स्टार खेलाडीको खेल मात्र नभएर उनीहरुको हाउभाउ तथा शरिरमा बनाएका ट्याटु र कपालको स्टाईललाई लिएर पनि विभिन्न चर्चा भैरहेकाछन् । खेलाडीहरु स्वयम् चर्चा बटुल्न नयाँ नयाँ हर्कतहरु गरिरहेका हुन्छन् ।
तर यहाँ पोर्चुगलका स्टाईकर क्रिष्ट्रियानो रोनाल्डो त्यस्ता चर्चाका पात्र बनेका छन जुन आज संसारले उनको तारिफ गरिरेहेको छ । रोनाल्डोले आफुले खेलेका खेलका कारणमात्र चर्चामा नआएर उनले गरेको अरुप्रतिको सम्मानका कारण उनको गरिमामा थप एक कदम उचाई थपेको छ ।
थप समन्धित समाचारहरु :
रोनाल्डोसँग छोरा उभिए, आमाले फोटो खिचिन
रोनाल्डोको घरमा खाना खान जाँदै हुनुहुन्छ ? दशचोटि सोच्नुहोस
फुटबलको कथा : मानिसको टाउकोदेखी टेलस्टार–१८ सम्म
एक आत्माघाती गोलको बदला मृत्यु
रोनाल्डोले मड्रिड छाडे बार्सिलोनाका राकिटिक खुशी !
केही दिन अगाडि रसियामा जारी विश्वकपमा जब रोनाल्डोले एक अपाङग बालिकालाई ह्विलचेयरमा राखेर मैदानमा आए जसका कारण उनले स्टेडियममा उपस्थित सवैलाई स्तव्ध तुल्याए ।
ती १० वर्षीय बालिकोको नाम पोलिना रेडिनोवा हो । हो, उनकै हात समाउँदै स्ट्राईकर मैदानमा उत्रिएको दृश्य आज संसारभरि भाइरल भईरहेको छ । ती बालिकाको सपनाहरु त्यति बेला साकार भए जब पोलिनालाई मनपर्ने खेलाडीले नै उनको निधारमा चुमे । उनको शारिरिक अपाङगता भएकी बालिका माथिको यस्तो ब्यवहारले ती बालिकामात्र नभएर सारा संसारको मन जितेको छ । एजेन्सीको सहयोगमा