Logo

संखुवासभा : नगर बाल क्लब सञ्जालको अध्यक्षमा कार्की



मोहन तामाङ :  संखुवासभा , ११ असार। संखुवासभाको सदरमुकामस्थित खाँदबारी नगरपालिकामा दुई दिनदेखि भएको नगर बाल भेलाबाट खाँदबारी नगर स्तरिय बाल क्लब सञ्जाल पुनर्गठन भएको छ ।

१५ बर्षिय विरेन्द्र कार्कीको अध्यक्षतामा १५ सदस्यीय बाल क्लब सञ्जाल गठन भएको हो । सञ्जालको उपाध्यक्षमा मनिशा कार्की, सचिव सुजिता पोख्रेल, एलिशा ओझा सह–सचिव र कोषाध्यक्षमा जयन्ती तामाङ निर्वाचित भएका छन् ।

समापन समारोहमा बोल्दै नवनिर्वाचित अध्यक्ष विरेन्द्र कार्कीले बालबालिका क्षेत्रमा नगरपालिकासंग नियमित सहकार्य गर्दै नगरपालिकालाई नै बालमैत्री नगरपालिका निर्माणमा महत्वपुर्ण कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।

क्लबले नगरपालिकामा बढ्दो बालबालिका सम्बन्धी बाल श्रम, बाल बिबाह जस्ता घटनाहरुलाई निर्मुल पार्न क्लबले गर्नुपर्ने जस्तो सुकै कामलाई पनि काँधमा राखि अघि बड्ने कार्कीले प्रतिबद्धता ब्याक्त गरे ।

बाल भेलामा नगरपालिकाका ११ ओटा वाडाहरुबाट ७० बालबालिकाहरुको उपस्थिती रहेको थियो । समापनमा नयाँ बाल सन्जाललाई जिल्ला बाल क्लब समन्वय समितिका अध्यक्ष सञ्जय ओझा, खाँदबारी नगरपालिकाका उपमेयर डेगेश्वरी श्रेष्ठ, जिल्ला समन्वय समितिका उपप्रमुख अम्बिका खवासले नगरपालिकाको क्षेत्रमा बालबालिकाको कार्यमा सकृय रुपमा लाग्न अनुरोध गर्दै सफल कार्यकालको शुभकामना दिए ।

आईतबारबाट सुरु भएको बाल भेलाबाट विगत चार बर्ष अगाडीबाट पुनर्गठन हुन नसकेको नगरपालिका स्तरको बाल क्लब सञ्जालको नयाँ समिति समेत निर्माण भएको हो ।

मकालु त्रिशक्ति समुह नेपाल (माट्स नेपाल)को आयोजनामा, जिल्ला बाल क्लब समन्वय समितिसंगको समन्वय र खाँदबारी नगरपालिकाको सहयोगमा भेलाको आयोजना भएको हो ।



प्रतिक्रिया दिनुहोस्