Logo

आजको खेलमा मेसीले गोल गरेर अर्जेन्टिनालाई अघिल्लो चरणमा पुर्याउने नेम्वाङको दाबी



असार १२, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता सुवास नेम्वाङले अर्जेन्टिनाका खेलाडि लिओनल मेसी पूर्ण खेलाडी भएको भन्दै प्रशंसा गरेका छन् ।

यस पटकको विश्वकपमा अर्जेन्टिनाले दुईवटा खेलमा राम्रो प्रर्दशन गर्न नसके पनि समुह चरणको अन्तिम खेलमा उत्कृष्ट खेल खेलर अघिल्लो चरणमा प्रवेश गर्ने उनको विश्वास छ ।

मेसीको खेल कलाबाट आफू निकै प्रभावित भएको नेम्वाङको तर्क छ । अरु साथीहरुलाई पास उपलब्ध गराउने र आफैँ गोल हान्ने दुवै क्षमता भएका मेसी सफल खेलाडि भएको बताए ।

अर्जेन्टिनाले समुह चरणको पहिलो खेलमा बराबरीमा रोकिएको थियो भने दोस्रो खेलमा पराजित भएको थियो । पहिलो खेलमा मेसीले पेनाल्टीको अवसर सदुपयोग गर्न सकेका थिएनन् ।

विश्वकपमा सबै देश छानिएर आएकाले अर्जेन्टिनाले नै विश्वकप जित्नुपर्छ भन्ने चाँही गलत तर्क भएको नेम्वाङले बताए ।

आज नाइजेरियाविरुद्धको खेलमा मेसीले गोल गर्ने नेम्वाङको अनुमान छ ।



प्रतिक्रिया दिनुहोस्