काठमाडौं, १२ असार । इजिप्टका गोलरक्षक एस्साम एल हादारी यस पटकको विश्वकपमा सहभागी सवैभन्दा जेठा खेलाडी भएको खवर सार्वजनिक भएको छ । रसियामा जारी २१ औँ विश्वकपमा सोमवार समुह ‘ए’ अन्र्तगत साउदी अरब र ईजिप्ट बिच भएको खेलखेलेका हादारीको उमेर यो समाचार तयारपार्दा सम्म ४५ वर्ष १६२ दिनमा प्रवेश गरेका छन। आफ्ना दुईटै खेल हारीसकेका इजिप्ट र साउदि भने तेस्रो खेलअधिनै बाहिरीसकेका छन ।
हादारीलाई अधिल्ला दुई खेलमा वैकल्पिक गोलरक्षको रुपमा राखिएपनि उनलाई खेलाईएकोभने थिएन । विश्वकप सुरुहुनु भन्दा पहिले उनले बिबिसी खेलकुदलाई अन्र्तवार्ता दिदै आफु ४५ वर्षको भएपनि आफ्नालागी खेलका अगाडी उमेर भनेको कागजमा लेखीने अङ्कमात्र भएको जनाएका थिए ।
हादारीको भनाईलाई प्रष्टपार्दे बिबिसी नेपालीले लेखेको छ ‘विश्वकपमा खेल्न पाउँदा म अन्यन्त खुसि छु । यसले आफ्ना सपनामा विश्वास राख्नुपर्छ र तिनलाई साकार पार्न हर प्रयास गर्नुपर्छ सवै फुटवल खेलाडी तथा संसारभरि अरुलाईपनि संन्देश दिएको छ । ’ हाल एल हादारी साउदि अरबबाट व्यवसायिक फुटबल खेलीरहेका छन ।
यस अगाडी २०१४ को विश्वखेलमा सहभागी कोलम्बियाली खेलाडी फारिद मोन्द्रगोनको नाममा सवैभन्दा जेठा खेलाडीको रुपमा कीर्तिमान रहेको थियो । जापान बिरुद्ध खेल्दा उनको उमेर ४३ बर्ष ३ दिनको थियो ।