काठमाडौं, १२ असार । नेपाली जनता दलका अध्यक्ष एवम् पूर्व सांसद हरिचरण साहले जनकपुरस्थित् जानकी मन्दिरका महन्थ रामतपेश्वर दासलाई गलहत्याएर निकाल्ने उद्धघोष गरेका छन् । विगत दुई दशकदेखि उक्त मन्दिरमा महन्थ दासले एकलौटी र एकल जातीय राज्य गरेको उनको आरोप छ ।
यही असार ६ गते धनुषाको जनकपुरमा नेपाली जनता दलको नगर तथा वडा कार्य समिति भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष साहले यस्तो बताएका हुन् । साहले भनेका छन्,‘राम–जानकी गुठीको खर्बौको सम्पत्ति हिनामनिा गर्ने काम भएको छ, मन्दिरका नाममा रहेका धेरै जग्गाहरु समेत स्थानीय व्यापारीहरुले उनले बेचेको जनगुनासो छ, यो गलत काम हो, सरकारको यसतर्फ ध्यान जाहोस्।’
अध्यक्ष साहले प्रदेश र केन्द्रिय सरकारलाई समेत उक्त मन्दिरका महन्थ दासलाई हटाएर नयाँ व्यक्ति ल्याउनुपर्ने समेत माग गरेका छन् । उनले भनेका छन्,‘अब महन्थको लागि नयाँ तथा युवा व्यक्तित्व्लाई ल्याउनुपर्छ, सरकारले बेलैमा सोचोस्, हामी अहिलेका महन्थलाइ गलहत्याएर निकाल्छौं।’
नेपाली जनता दल पार्टीका धनुषा जिल्ला अध्यक्ष तथा केन्द्रिय सदस्य मुञ्जय राउत लगायत नगर अध्यक्ष प्रदिप कुमार मुखिया, शैलेन्द्र साहसहितको सहभागितमा विशेष महन्थ दासले गरेको भ्रष्टाचार तथा अनियमितताको छानबिन गर्न समिति समेत गठन भएको अध्यक्ष साहले जानकारी दिए ।