काठमाडौँ, १२ असार : प्रधानमन्त्री केपी शर्मा ओलीले साप्ताहिक रुपमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसद र पाक्षिक रुपमा नेकपाका कार्यकर्तासँग भेटघाट गर्नुहुने भएको छ ।
साप्ताहिक रुपमा हरेक शुक्रबार उहाँले सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ देखि ५ बजेसम्म सांसदसँग भेटघाट गर्ने उहाँका प्रेस सल्लाहाकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले क्रमशः सातवटै प्रदेशबाट प्रतिनिधित्व गरेका सांसदलाई भेट गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । नेकपाका संसदीय दलका नेतासमेत रहनु भएका प्रधानमन्त्री ओलीले प्रत्येक महिनाको पहिलो दिन र १५ गते कार्यकतासँग पनि भेटघाट गर्नुहुनेछ ।
नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले महिनाको पहिलो दिन बिहान ११ देखि १ बजेसम्म धुम्बाराहीस्थित पार्टी कार्यालय र १५ गते पेरिसडाँडास्थित पार्टी कार्यालयमा सोही समयमा कार्यकतासँग भेटघाट गर्ने प्रेस सल्लाहाकार अर्यालले जानकारी दिनुभयो । रासस