रसिया, १३ असार : फ्रान्स र डेनमार्कबीचको खेल गोलरहित बराबरी टुङ्गिएको छ। दुबै टोली यस समूहबाट अन्तिम १६ प्रवेश गरेका छन्।
दोश्रो चरण प्रवेशका लागि डेनमार्कको लागि न्यूनतम बराबरी नतिजासँगै अष्टेलिया पराजीत हुनुपर्ने अवस्था थियो। तर फ्रान्ससँग डेनमार्क र अष्ट्रेलियासँग पेरू हारेको अवस्थामा डेनमार्कको बाहिरिने संभावना पनि थियो।
यस्तो समिकरणका बीच भिडेको डेनमार्कका लागि आजको नतिजा उसको पक्ष अनुसार भयो जसका कारण ऊ अन्तिम १६ मा प्रवेश गर्न सफल भयो। फ्रान्सले अन्तिम १६ मा समूह डीको उपविजेता तथा डेनमार्कले समूह डीको विजेतासँग खेल्नेछ। एजेन्सीको सहयोगमा