Logo

पत्रकार यादव थपलियाको निधन



काठमाडौँ, १५ असार।  कान्तिपुर दैनिकका सहायक वरिष्ठ उपसम्पादक यादव थपलियाको निधन भएको छ । बुधबार राति काठमाडौं मेडिकल कलेज सिनामंगलमा भर्ना भएका थपलियाको शुक्रबार दिउँसो करिव पौने तीन बजे निधन भएको थियो ।

आइतबारदेखि सामान्य ज्वरो आएर घरमा आराम गरिरहेका थपलिया बुधबार राति केएमसीमा भर्ना भएका थिए । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार थपलियालाई भाइरल इन्फ्लुएन्जा भएको थियो ।

काभ्रे स्थायी घर भएका थपलियाका श्रीमती र २ छोरी छन् । उनको आजै बेलुकी आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्