Logo

प्रचण्ड सोमबारसम्म काठमाडौं आईपुग्ने



काठमाडौं, १५ असार । नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिवेला पत्नी सिता दाहालको उपचारको लागि थाईल्याण्डको बैंककमा छन् । उनको बैंकक बसाई लम्बिएपछि कहिले स्वदेश फर्किने हुन भन्नेबारे चर्चा भैरहेको छ ।

स्रोतका अनुसार सिताको स्वास्थ्यमा अहिले क्रमिक रुपमा सुधार आएको छ । सम्भवतः भोलि वा पर्सीसम्म सिताको अन्तिम रिपोर्ट आएपछि दाहाल सोमबार नै काठमाडौं आउने बुझिएको छ।



प्रतिक्रिया दिनुहोस्