Logo

प्रधानमन्त्री ओलीले यसरी झपारे मुख्यसचिव रेग्मीलाई, सचिवहरु पनि निशानामा



असार १६, काठमाण्डौ । अहिलेसम्मका प्रधानमन्त्रीमध्ये जनतालाई सबैभन्दा बढी आश्वासन दिने प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली चिनिएका छन् । बहुमतप्राप्त सरकारको प्रधानमन्त्री बनेका ओलीको कार्यकाल पाँच वर्षको छ । तर प्रधानमन्त्री भएको चार महिना वितिसक्दा जनताले अनभूति गर्न पाउने गरी भने काम हुन सकेको छैन ।

सरकारले महङ्गी नियन्त्रण गर्न सकेको छैन । कुन बेला ग्यास इन्धनको हाहाकार हुने हो पत्तो छैन । यसतफ सरकारले कुनै कदम चालेको पाइदैन ।

यातायात क्षेत्रको सिन्डिकेट हटाउने सरकारको प्रयासलाई जनताले प्रशंसा गरे, तर त्यो पनि कार्यान्वयन हुन सकेको छैन ।

यस विषयमा प्रधानमन्त्री ओली पनि चिन्तित बनेका छन् । उनले हिजो मुख्यसचिव लोकदर्शन रेग्मीलाई बोलाएर कर्मचारीतन्त्र प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

सरकारले गर्न खोजेको कामअनुसार कर्मचारीले नगरका कारण प्रधानमन्त्री ओली रेग्मीसँग आक्रोषित थिए । सरकारले जुन गतिमा काम गरिरहेको छ, त्यसअनुसार मन्त्रालयका सचिवहरुले पनि सहयोग नगरेको भन्दै ओलीले मुख्यसचिवको ध्यानाकर्षण गराएका थिए ।

प्रधानमन्त्रीको आक्रोष र निर्देशनलगत्त आज मुख्यसचिवि रेग्मीले सबै मन्त्रालयका सचिवहरुलाई बोलाएर छिटो छरितो काम गर्न गराउन निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले आफूलाई झपारेपछि आक्रोषित बनेका रेग्मीले सचिवहरुलाई पनि कडा निर्देशन दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्