Logo

आधुनिक प्रविधिको साथमा नेपाली गीतसंगीतः उप–निर्देशक भण्डारी



लक्ष्मी हमालको दोस्रो गीती एल्बम् ‘के हुँदैछ आजभोली’ सार्वजनिक
काठमाडौं, १८ असार । रेडियो नेपालका उप–निर्देशक एवम् वरिष्ठ संगीतकार टिका भण्डारीले नेपाली गीत–संगीतको मार्ग अहिले प्रविधिकतर्फ मोडिएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा गायिका लक्ष्मी हमालको दोस्रो गीति एल्बम् ‘के हुँदैछ आजभोलि (मुटुभित्र)’ बोलको गीत सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भण्डारीले यस्तो बताएका हुन ।

उनले भने,‘लक्ष्मी हमाल सांगीतीक पारिवारिक माहोलबाट आएकी गायिका हुनुहुन्छ, गीत संगीतको भविष्य उञ्जवल हुन्छ, तपाईपनि यसमा निरन्तर लागि रहनुपर्छ, पछिल्लो समयमा नेपाली गीत–संगीतलाई विकास र विस्तार गर्नको लागि आधुनिक प्रविधिहरुको साथ छ, राम्रो रचनालाई युटुव, रेडियो, एफएम, टेलिभिजन लगायतका विभिन्न साधनहरुमा बज्छन्, दर्शक स्रोताहरुले त्यसको मूल्याङ्कन गर्नुहुन्छ, यो गीत शास्त्रीय संगीतमा छ, यस गीतका संगीतकार संगीतमा निक्कै झुमेको व्यक्ति हो, भड्कीला गीतहरुले राज जमाईरहेका बेलामा यस्तो पुरानो पाराको गीत सुन्दा आनन्द आयो, गीतको सफलताको शुभकामना छ।’

उनले अघि थपे,‘लक्ष्मी हमालको जीवनसाथी सञ्जयजी र म आजभन्दा ३० वर्ष पहिले एउटै संगीत पाठशालामा रमाउने गथ्र्यौं, आज त्यो दिनको सम्झना भएको छ, जतिखेर नारायण गोपाल दाईसँग स्टेज तथा रेडियोमा गीत संगीतका कामहरुमा सँगै हुने गर्दथ्र्यौ, कति छिटो समय जाँदो रहेछ ।’

त्यस्तै कार्यक्रममा बिशिष्ट अतिथि एवम् प्रस्तोता समाज नेपालका पूर्व अध्यक्ष हेमन्त शर्माले जीवन अपूर्ण र सिकाईको सार भएकोले एउटै गीत सुनेर वा हेरेर गायक तथा गायिकाको मूल्याङ्कन गर्न नसिकिने स्पष्ट पारे ।

उनले भने,‘लक्ष्मी हमालको स्वर मिठो छ, आजमात्रै उहाँको गीत सुनें, हेरेर राम्रो लाग्यो, मानिस कहिल्यै पूर्ण हुँदैन, प्रत्येक पाईलाहरुमा सिकाई हुन्छ, उ सिक्दै जान्छ, जीन्दगी नै सिकाई हो ।’

‘के हुँदैछ आजभोलि’ गीतका संगीतकार तथा एरेन्जर सञ्जय हमालले गीत– संगीतको मर्म र भावनालाई बचाई राख्नेमा आफू निरन्तर लागि रहने बताए ।

लक्ष्मी हमालको शब्द र स्वर तथा सञ्जय हमालको संगीत रहेको गीतको भिडियो निर्देशन चर्चित र्यापर निर्णय श्रेष्ठले गरेका छन् भने मोडल अभिलाषा शर्माको अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्