Logo

संसदमा शुन्य समय १ मिनेट कम भयो बढाउनुपर्छ : बडू



असार २२, काठमाण्डौ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिले शुन्य समयको १ मिनेटको समयलाई केहि बढाउने तयारी गरेको छ ।

संघिय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको प्रतिनिधिसभा कार्यव्यवस्था समितिको पहिलो बैठकले शुन्य समयमा बोल्नका लागि थोरै समय भएको भन्दै समयलाई केहि बढाउने तयारी गरेको समित सदस्य दिलेन्द्रप्रसाद बडुले जानकारी दिए । सांसदहरुले १ मिनेटको समय निकै अपुग भएको गुनासो गरेकाले यस बिषयमा छलफल सुरु गरिएको उनको भनाई छ ।

बैठकमा शुन्य र बिशेष समयलाई बढि प्रभावकारी बनाउने बिषयमा पनि छलफल भएको उनले जानकारी दिए । त्यस्तै बैठकमा प्रतिनिधीसभाको कायसूचीमा लैजाने एजेण्डालाई छनौट गरि समिति बनाउने प्रस्ताव गरिएको बडुले बताए ।

फरक प्रसंगमा काग्रेस सांसद बडुले यसअघिको सरकारले ल्याएको चिकित्सा बिद्ययेकलाइ नै सदनमा पेश गर्नुपर्ने काग्रेसको अडान रहेको बताए । कार्यव्यवस्था समिति बैठकमा आफुहरुले डाक्टर गोविन्द केसीको जिवनरक्षाका लागि जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई छलफलमा ल्याउनुपर्ने माग गरेको बडूले बताए ।

यसअघि प्रतिनिधिसभाको बुधबारको बैठकले १४ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्